गोरखा । गोरखाको शहीद लखन गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि कुल ६९ करोड ८ लाख १ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले गाउँपालिकाको ११ औ गाउँसभामा आगामी आर्थिक बर्षका लागि उक्त बजेट सार्वजनिक गरेका हुन् ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा संघिय सरकारबाट प्राप्त हुने मूल्य अभिबृद्धि करबाट ९ करोड ७२ लाख ३० हजार, बिद्युत रोयल्टी बाँडफाडबाट प्राप्त हुने ३७ लाख ५० हजार, गण्डकी प्रदेश सरकारबाट राजस्व बाँडफाँड अन्तरर्गत सवारीकर बाट ५५ लाख, घरजग्गा रजिष्ट्रेसनबाट ६ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
त्यस्तै गरी, बिज्ञापन करबाट २ लाख, दहत्तकर बिक्रीबाट १५ लाख रुपैया प्राप्त हुने गाउँपालिकाले अनुमान गरेको छ । सार्वजनिक गरिएको बजेटमा संघिय सरकारबाट समानिकरण अनुदान तर्फ १६ करोड ४४ लाख, शसर्तं अनुदान तर्फ २४ करोड २९ लाख, बिशेष अनुदान तर्फ १ करोड ५० लाख र समपुरक अनुदान तर्फ ३ करोड ५० लाख रुपैया प्राप्त हुने अपेक्षा राखिएको उपाध्यक्ष तिवारीले बताइन ।
आर्थिक बर्ष २०७९/०८० बजेट बक्तब्य :
प्रदेश सरकारबाट समानीकरण अनुदान तर्फ २ करोड ५ लाख ३६ हजार, बिशेष अनुदान तर्फ ५० लाख, समपुरक अनुदान तर्फ ७० लाख प्राप्त हुने गाउँपालिकाले अनुमान गरेको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा पालिका भित्र कृषि उत्पादनका लागि जग्गा भाडामा लिएर व्यवसायिक कृषि खेती गर्ने किसानहरुलाई २५ प्रतिसत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै कृषि यान्त्रिकीकरणमा ५० प्रतिसत अनुदान उपलब्ध गराउने, युवाहरुलाई रोजगारी कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
गाउँपालिकाले गौरवका योजनाहरु अन्तरर्गत बक्राङ–दिप्लिङ–गुर्दुम–मास्कीछाप सडक स्तरोन्नतीका लागि २० लाख, रामशाह घाट–रैकरबेसी–ढाडबारी–मनकामना सडकका लागि १० लाख, कान्टार– नाम्जुङटार–मनकामना सडकका लागि १३ लाख रकम बिनियोजन गरेको छ ।
बजेटमा गाउँपालिकाको प्रशासकिय भवन निर्माणको लागि २ करोड, वडा नम्बर १ को कार्यालय भवन निर्माणका लागि २७ लाख र ९ को कार्यालय भवन निर्माण लागि ७१ लाख रुपैया बिनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
उताचुले भिर टावरमा शौचालय निर्माणका लागि ४ लाख तथा पार्क बिकासका लागि १० लाख बिनियोजन गरिएको छ भने बोर्लाङ गाउँ खानेपानी आयोजनाका लागि १० लाख, दीर्घरोगीहरुका लागि औषधी खरिदका लागि १० लाख, पालिका भित्र अल्ट्रा साण्ड कार्यक्रम सञ्चालन गर्न ३ लाख रुपैयाँ गाउँपालिकाले बिनियोजन गरेको छ ।
गाउँपालिकाले बिपत व्यवस्थापनका लागि १५ लाख, बिभिन्न निकायसंग साझेदारी कार्यक्रम सञ्चालनका लागि ४० लाख, अनलाईन राजस्व भुक्तानी प्रणालीको बिकासका लागि ५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
चालु प्रकृतिका खर्चका लागि १२ करोड, वडा स्तरीय योजना सञ्चालनका लागि ६ करोड ९५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
गाउँपालिकाकाले आगामी आर्थिक बर्षमा कुल १ करोड २१ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै चालु आर्थिक बर्षमा खर्च हुन नसकेका आयोजनाबाट करिब ८ करोड रुपैयाँ मौज्दात रहने अनुमान गाउँपालिकाले गरेको छ ।
नीति तथा कार्यक्रम



