बारा । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुरसिमरा उपमहानगरपालिका २२ चकरी बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेपछि इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको बारा प्रहरीले जनाएको छ ।


