लमजुङ । अविरल वर्षापछि अबरुद्व डुम्रे–वेशीसहर सडकखण्ड सञ्चालनमा आएको छ । असार ५ गते उदीपुरमा सडक नै भासीए पछि उक्त सडकखण्ड अवरूद्ध थियो ।
४ दिनको अथक प्रयास पछि बुधबार बेलुकीदेखि एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको डुम्रे–वेशीसहर–चामे सडक आयोजनाले जानकारी दिएको छ ।
उक्त सडक खण्ड सञ्चालनमा ल्याउन वैकल्पिक सडक खनिएको हो । वैकल्पिक सडकमा पनि पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन आयोजनाले सवारी धनी र सर्व साधारणमा अनुरोध गरेको छ ।
तस्बिर डुम्रे–वेशीसहर–चामे सडक आयोजना


