फाईल तस्बिर
काठमाण्डौं । सञ्चार माध्याममा न्यायाधीश र वकिल बिच १० करोडको लेनदेनको अडियो सार्वजनिक भए संगै आज आकश्मिक रुपमा न्यायपरिषदको बैठक बोलाईएको छ । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रूपमा न्यायपरिषदको बैठक आब्हान गरेको एक सदस्यले जानकारी दिए ।
दिउँसो साढे १ः०० बजे बस्ने बैठकका लागि न्यायपरिषदका सबै सदस्यलार्य खबर गरिएको स्रोतले जनाएको छ । उनका अनुसार बैठकको ‘एजेण्डाबारे भने बताइएको छैन ।
काठमाण्डौंका न्यायाधीश राजकुमार कोइराला मुछिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि आजको लागि आकस्मिक बैठक डाँकिएको अनुमान गरिएको हो ।
न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाण्डौंका जिल्ला न्यायाधीश कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको थियो ।
उक्त टेलिफोन संबादमा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्व अध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ दिने प्रस्ताव गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए ।


