काठमाण्डौँ । अब केही समय भित्रै खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गरी बजारमा आउने भएको छ ।
औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको लागि २ फरक रंग र गन्ध तथा साईजनमा आउने नेपाल आयल निगमले जनाएको छ ।
२ थरीका ग्यास संगै निगमले मूल्य पनि फरक पारेर बजारमा ल्याउने तयारी गरेको हो ।औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि सरकारी अनुदान समेटेर बिक्री गर्ने तयारी रहेको नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।
प्रबन्ध निर्देशक थानीका अनुसार ग्यासको गन्ध र सिलिन्डरको रङ्ग पनि फरक फरक हुने छ । अब बजारमा आउने ग्यान ५ देखि ४०० केजीसम्म ग्यासका सिलिण्डर हुने उनले जानकारी दिए ।
तत्कालै ग्यासमा मूल्य नबढने भन्दै निगमले हाल प्रतिसिलिण्डर ७५१ रुपैयाँ नोक्सानी ब्यर्होरेर ग्यास बिक्री गर्दै आएको जनकारी दिए ।


