काठमाण्डौँ । नेपाली ईतिहासमा तेलको भाउ अहिलेसम्म कै उच्च भउको छ । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य गएरातीदेखी लागुहुने गरी वृद्धि गरे संगै अहिले सम्मकै उच्च भएको हो ।
आइतबार राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलमा २१ रुपैयाँ बृद्विगरी प्रति लिटरको १९९ रुपैयाँ पुगेको हो ।
त्यस्तै गरी, डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य २७ रुपैयाँ प्रतिलिटरले बढेर १९२ रुपैयाँ पुगेको छ ।
निगमका अनुसार हवाइ इन्धन (आन्तरिक)तर्फ १९ रुपैयाँ लिटरमा बढ्दा १८५ रुपैयाँ, हवाइ इन्धन (बाह्य) तर्फ अमेरिकी डलर १०० ले वृद्धि हुँदा प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ६४५ कायम भएको छ ।
एलपी ग्यासको मूल्य भने हाललाई पूर्ववत् कायम राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल लिटरमा १३.५८ पैसा, डिजेल १३.९५ पैसा, मट्टितेल ४३.०६ रुपैयाँ नाफा, हवाइ इन्धन आन्तरिकमा १३.६१ रुपैयाँ नाफा, बाह्यमा ५६.६७ पैसा नाफा र एलपी ग्यास प्रतिसिलिन्डर ७५१.१४ रुपैयाँ घाटा रहेको छ ।
यति मूल्य बढ्दा पनि मासिक रुपमा चार अर्ब ७० करोड घाटा रहेको निगमको दाबी छ । असार मसान्तसम्ममा करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने देखिएको निगमले दाबी गरेको छ ।
एलपी ग्यासतर्फ मासिक २ अर्ब २८ करोड घाटा रहने निगमले जनाएको छ । यसअनुसार निगमले भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने रकम २२ अर्ब बक्यौता पुग्ने देखिएको जनाएको छ ।




















