साँकेतिक तस्बिर
धादिङ । धादिङमा मलामी बोकको ट्रक दुर्घटना हुदा ११ जना घाईते भएका छन् । जिल्लाको निलकण्ठ नगरपालिका ८ मा मलामी बोकेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । त्यस मध्ये ५ जनाको अवस्था गंभिर देखिएको छ ।
मलामी लिएर ज्वालामुखी गाउँपालिका ३ मैदी जाँदै गरेको स्वराज गाडी दुर्घटना भएको धादिङ प्रहरीले जानकारी दिएको हो ।
गएराति करीब १० बजे मलामी बोकेर मैदी जाँदै गरेको बा. ४ ख १२२९ नम्बरको स्वराज गाडी मैदीभञ्ज्याङमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
घाइते भएका ११ जनामध्ये ज्वालामुखी २ का ४६ वर्षीय शिवकुमार श्रेष्ठ, ज्वालामुखी ३ का १५ वर्षीय अशोक श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय पदमबहादुर मगर, २५ वर्षीय नारायण श्रेष्ठ र धनबहादुर मगरलाई राजधानीमा रहेको ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ६ जना जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपश्चात् डिस्चार्ज भएका छन् । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


