आँबुखैरेनी । आज विहान तनहुको आँबुखैरेनी क्षेत्रका टिपर दुर्घटना भएको छ । दुर्घटनामा परी टिपर चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
मुग्लिङबाट आबुखैरेनी तर्फ आउदै गरेको ग. १ क ४४६९ नम्बरको टिपर विहान ४ः०० बजे दुर्घटनामा परेको प्रहरीले थियो ।
आँबुखैरेनी–मुग्लिङ सडक खण्ड अन्तरग आँबुखैरेनी गाउपालिका ४ स्थित रुवा खोला पुलबाट झण्डै ५० मिटर तल खस्दा टिपर चालक रामबहादुर दमैको मृत्यु भएको हो ।
चालक तनहुँ जिल्लाकै म्याग्दे गाउपालिका ७ मनपाङ् निवासी भएको पुष्टी भएको प्रहरीले जनाएको छ ।
तस्बिर बिनाेद श्रेष्ठ




















