मुग्लिन । पहिरोका कारण मुग्लिन–नौबिसे र मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
मुग्लिन–नौबिसे खण्डको ईच्छाकामना गाउँपालिका ४ स्थित घोप्टेभिरमा माथिबाट पहिरो खस्दा दिउसो २ः०० बजेदेखी बाटो अवरुद्व भएको बाटो पानी पर्न रोकिएसंगै दिउसो ३ः१५ बजे सुचारु भएको भएता पनि पुनः बर्षा भए संगै पहिरो झरेरका कारण अवरुद्ध हुन पुगेको छ ।
यस्तै गरी, मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत ईच्छाकामना गाउापालिका ६ स्थित कालीखोला नजिकै पहिरो झरेरका कारण सडक अवरुद्ध हुन पुगेको हो ।
पहिरो पन्छाउने काम भएता पनि पानीका कारण पहिरो खस्न नरोएिको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तस्बिर बिनोद श्रेष्ठ मुग्लिन


