काठमाण्डौँ । ककनीको त्रिशूली थ्रि ए जलविद्युत परियोजनाको प्रसारण लाइनमा हिँडेका ‘सन्की पुरुष’ माइला विकलाई काठमाण्डौंको एक संस्थामा जिम्मा लगाइएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घलेगाउँ घर भएका विकलाई काठमाण्डौंको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थाको जिम्मा लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रूपक खड्काका अनुसार संस्थाले हेरचाह र उपचार गराउँछौं भने पछि जिम्मा लगाइएको हो ।
घरमा श्रीमती संग झगडा गरेर हिडेका ति पुरुषले ककनी गाउँपालिका ७ स्थित विद्युत प्रसारण लाइनमा शनिबार बिहानदेखी साँझसम्म हिँडेका थिए । उनलाई नेपाली सेनाको टोलीले राति अबेर मात्र उद्धार गरेको थियो ।




















