साँकेतिक तस्बिर
सुनसरी । बराहक्षेत्रमा आज बिहान चुराेटकाे निहुमा दाजुले आफ्नै भाइलाई खुकुरी प्रहार गरी हत्या गरेकाे छ ।
बराहक्षेत्र नगरपालिका ४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीले आफ्नै सहोदर भाई १८ वर्षीय देवकुमार धामीको खुकुरी प्रहार गरी हत्या गरेको सुनसरी प्रहरीले पुष्टी गरेको हो ।
चुरोटको निहुँमा भएको झगडामा हुदा देबराजले खुकुरी प्रहार गर्दा भाई देवकुमार गम्भीर घाइते भएका थिए । गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीको टोलीले देबराजलाई पक्राउ गरेको हो ।




















