साँकेतिक तस्विर
सर्लाही । लालबन्दी नगरपालिकामा आफ्नै भान्जाले बाँसको र्चिपट प्रहार गरेर मामाको हत्या गरेको छ ।
लालबन्दी नगरपालिका १७ बस्ने ४५ वर्षीय मामा अशोक बिकलाई बाँसको र्चिपट प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका ११ बस्ने ३१ वर्षीय भान्जा रबि बिकलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
लालबन्दी नगरपालिका ११ हिरापुर पानी ट्याङ्कीस्थित बारीमा तरकारी खेती गर्ने क्रममा बाँस ओसार्ने क्रममा विवाद हुँदा रबिले उनकै मामा अशोकलाई बाँसको र्चिपटले प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।
गंभिर घाइते अशोकको स्थानीय मोडल अस्पताल हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीको टोलीले रबिलाई पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।


