आँबुखैरेनी । आँबुखैरेनी–मुग्लिन सडक खण्डको साँखरमा सडक भाँसिए संगै शुक्रबारदेखी विहानको ५ बजेदेखि साँझको ७ः०० बजेसम्म मात्र संचालन गर्न पाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले सुचना जारी गर्दै सडक मर्मतको काम सम्पन्न नहुदासम्म प्रत्येक दिन विहान ५ः०० बजेदेखि साँझको ७ः०० बजेसम्म यातायात सञ्चालन गर्न पाउने ब्यवस्था गरेको हो ।
शुक्रबार दिनैभर हलुका सवारी साधन मात्र सञ्चालन गर्न दिईएकोमा आजदेखी (शनिबार) ठुला सवारी साधनलाई पनि एकतर्फी रुपमा सञ्चालनको अनुमती दिइएको छ ।



