काठमाण्डौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज अमेरिका र नेपाल बीच प्रतिस्पर्धा हुँदै छ ।
अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले दोस्रो खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र अमेरिकाबीचको खेला आज राति नेपाली समय अनुसार ९ः१५ बजे हुनेछ ।
दुई देशबीच लिग–२ मा भएका प्रतिस्पर्धामा नेपाल बलियो देखिएको छ । अहिलेसम्म अमेरिकासँग भएका ४ खेलमा नेपालले ३ खेल जितेको छ भने १ खेल हारेको छ ।
सन् २०२० फेब्रुअरीमा भएका २ खेल नेपालले जितेको थियो । पहिलो खेल ३५ रनले र दोस्रो खेल ८ विकेटले जितेको थियो ।
त्यस्तै, सन् २०२१ सेप्टेम्बरमा भएको पहिलो खेल नेपालले ५ विकेटले जितेको थियो भने दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।
पछिल्लो ५ वटा एकदिवसीय खेलमा भने अमेरिकाको स्थिति मजदुत देखिएको छ । अमेरिकाले खेलको पछिल्ला ५ वटा अन्तर्राष्ट्रिय खेलमा ३ खेल जितेको छ भने २ खेलमा हार ब्यहोरेको छ ।
त्यस्तै, नेपालले भने ५ मध्ये १ खेल जितेको छ भने ४ खेल हारेको छ ।




















