आँबुखैरेनी । आँबुखैरेनी–मुग्लिन खण्डमा कामै नलाग्ने गरी सडक भासिए पछि भीर फोरेर बाटो खोल्ने तयारी थालीएको छ । आँबुखैरेनी गाउँपालिका ४ को साँखरमा भीर फोरेर सडक सुचारु गर्न लागेको हो ।
सडक डिभिजन दमौलिबाट आएको इन्जिनियरहरुको टिमले सडक संगै रहेको भीर फोरेर सडक सञ्चालनमा ल्याउन उपयुत्त हुने राय दिए लगत्तै कामको थालनी भएको छ ।
कार्यालयले जति सक्दो चाढो काम गरेर सडक सुचारु गर्ने जनाएको छ ।




















