आँबुखैरेनी । आँबुखैरेनीको साँखरमा पहिरोमा पुरिएर ज्यान गुमाएका गोरखा छोप्राकका केशव घिमिरे श्रीमती लिनका लागि मुग्लिन तर्फ गएको बेला दुर्घटनामा परेको पुष्टी भएको छ ।
चितवनबाट आउदै गरेकी आफ्नी श्रीमती जाममा परेकोले लिन आउनु भने पछि उनी त्यस तर्फ गएको बेला साँखरको पहिरोमा परेको पारिवारीक श्रोतले पुष्टी गरेको हो ।
घटना पछि श्रीमती परिवारको सम्र्पकमा आए पछि यस्तो तथ्य पत्ता लागेको हो । घिमिरेले आँबुखैरेनीमा मामा संग मिलेर मामा भान्जा इलोक्ट्रोनिक्स पसल सञ्चालन गदै आएका थिए ।
गोरखा सिरानचोक गाउँपालिका ५ छोप्राक अमराई निवासी घिमिरेको शव आज बिहान पहिरोमा फेला परेको थियो । मृक्तक घिमिरेको शव अहिले पोष्ट मार्टमका लागि दमौली स्थित जिल्ला अस्पतालमा राखिएको छ ।




















