आँबुखैरेनी । अबिरल बर्षा पछि आँबुखैरेनीको साखरमा गएको पहिरोमा परेर ज्यान गुमाएने मध्ये १ जना गोरखा छोप्राकको युवक भएको पुष्टी भएको छ । ज्यान गुमाउने ब्यक्ति गोरखा जिल्ला सिरानचोक गाउँपालिका ५ छोप्राकका ३० बर्षिय केशव घिमिरे भएको पुष्टी भएको हो ।
ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक सुरज डागीले दिएको जानकारी अनुसार सोही पहिरोमा परेर अर्का ब्यक्तिको पनि ज्यान गएको छ । तर उनको पहिचान भने खुल्न सकेको छैन ।
आँबुखैरेनी गाउँपालिका ४ को साँखरमा रहेको उक्त सडक खण्ड बिहीबार राती परेको अबिरल बर्षाका कारण शुक्रबार बिहान ३ बजेतिर भासिएको थियो । सडक भासिदा बा. १० च ४६७९ नम्बरको कार र बा३३प १०८१ नम्बरको मोटरसाइकल पुरिएको प्ननि डागीले जानकारी दिए ।
पहिराेमा हराईरहेकाे कार र त्यस संगै मृत्त शव
तर कारमा के कती जना सवार थिए भन्ने बारे अझै एंकिन हुन सकेको छैन । त्यस्तै गरी मृक्तक घिमिरे मोटर साइकल चालक हुन वा पैदल यात्री तथा कारमा सवार त्यो समेत पुष्टी हुन सकेको छैन ।
पहिरोमा पुरिएको भनिएको कारको खोजी जारी राखिएको छ । खोजी कार्यमा नेपाल प्रहरी, शसत्र प्रहरी र नेपाली सेना खटिएका छन् ।
त्रिशुली नदीमा आएको बाढीका कारण उक्त सडक तलै देखि भासिएको हो ।



