मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन पहिरो जादा सडक अवरुद्व भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित नाम्सिपुल नजिकै बिहान करिब ८ः३० बजे सुख्खा पहिरो जादा मुग्लिन–नारायणगढ सडकखण्ड पुन दुईतर्फ अवरुद्ध भएको हो ।
नाम्सिपुल नजिकै हिजो पनि पहिरोका कारण सडक अबरुद्व भएको थियो । लामो प्रयास पछि पहिरो पन्छाएर सवारी आवागमन सुचारु भएको थियो । शुक्रबार पुनः पहिरो जादा मुग्लिन भएर पुर्व पश्चिम जाने सवै सवारी सडकमा अलपत्र परेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो पन्छाउन सडक कार्यालयले प्रयास गरिरहेको जनाएको छ । सुख्खा पहिरो जान सक्ने भन्दै सर्व साधारण नागरिक र सवारीलाई सचेत रहन सडक कार्यालय र ट्राफिक प्रहरी कार्यालय चितवनले आग्रह समेत गरेको छ ।
तस्बिर बिनाेद श्रेष्ठ मुग्लिन बजार


