आँबुखैरेनी । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडकखण्डस्थित साँखरमा सडक भासिएको स्थानमा कार र मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना स्थलमा एउटा पुरुषको शव समेत फेला परेको छ । शवको पहिचान हुन सकेको छैन ।
बिहीबार राती परेको अविरल वर्षापछि शुक्रबार बिहान ३ः०० बजेतिर साखरको सडक भासिएको इलका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
सडक भासिएको क्षेत्रमा कारको नम्बर प्लेट पनि फेला परेकोले कार पनि पहिरोमा परेको हुन सक्ने अनुमान गरिएको प्रहरी कार्यालयले जनाएको छ । सोही पहिरोमा परेर दुर्घटना भएको मोटरसाइकल चालक भने शकुसल रहेको पनि इलाका प्रहरी कार्यालयले जनाएको छ ।
अहिले प्रहरीहरूले कारको खोजी जारी राखेका छन् । कार मर्स्याङ्दी नदीमा खसेको हुन सक्ने अनुमान गर्दै
घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरि खोजी कार्य गरिएको छ ।


