गोरखा । पृथ्वीराजमार्ग अन्तरर्गतको आँबुखैरेनी–मुग्लिन सडक भासिएको छ । बिहीबार राती परेको अबिरल बर्षाका कारण मस्र्याङदी पावर हाउसले नजिकैको सडक २० मिटर तलदेखी भासिएको हो ।
सडक भासिए संगै आँबुखैरेनी तर्फ आउने र मुग्लिन तर्फ जाने सबै सवारी साधान रोकिएको छ । सडकको दुवै लेन भासिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । जसका कारण हजारौ सवारी साधान र लाखौ मानिस सडकमा अलपत्र अवस्थामा रहेका छन् ।
आँबुखैरनी गाउँपालिका ४ मा रहेको उत्त सडक भासिए संगै सडक विभागले बैकल्पीक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । सडक मर्मतका लागि केही दिन लाग्ने हुदाँ आत्याबश्यक काम बाहेक सवारी साधान सडकमा ननिकाल्न समेत स्थानिय प्रशासनले अनुरोध गरेको छ ।


