चितवन । भरतपुर महानगरपालिका तमु टोलमा रहेको एक घरमा सेफ्टी टयाङ्की सफा गर्ने क्रममा २ जनाको ज्यान गएको छ । महानरपालिका १९ को तमुटोलस्थित सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा ट्याङ्कीभित्र खसेर कपिलवस्तु शिवराज नगरपालिका ९ बस्ने २३ वर्षीय राम चौधरी र २४ वर्षीय छतिराम चौधरीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरू उक्त ट्याङ्कीभित्र खसेका थिए । दुवैको तत्कालै उद्वार हुन नसक्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटना लगत्तै जिल्ला प्रहरी कार्र्यालय र ईलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको प्रहरीहरुको टोली पुग्दा उनीहरुको ज्यान गई सकेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




















