चितवन । अविरल वर्षाका पछी हिजोरातीदेखी अबरुद्ध बनेको मुग्लिन–काठमाण्डां सडक खण्ड मघ्यान्न १२ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरको पहलमा आज बिहानैदेखी लोडरको प्रयोग गरी पहिरो पन्छाएका कारण एकतर्फी सवारी सञ्चालनमा आएको हो ।
बिहीबार विहान ५ः३० बजेदेखि पहिरो पन्छाउने काम शुरु गरिएको भएतापनि ठुलो वर्षा संगै माथिबाट आएको लेदोका कारण पहिरो पन्छाउन समय लागेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
त्यस्तै मुग्लिन–नारायणगढ सडक खण्डको पनि केही बेर अगाडीदेखी दुइतर्फी सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । उक्त खण्डको तोपेखोलाको नाम्सी पुल नजिकै पहिरो जादा आवागमन बन्द भएको थियो ।
तस्बिर : बिनाेद श्रेष्ठ/मुग्लिन




















