चितवन । अविरल बर्षासंगै झरेको पहिरोका कारण मुग्लिन–नारायणगढ र मुग्लिन–काठमाण्डौं सडक अवरुद्ध भएको छ ।
इच्छाकामना ६ तोपेखोला स्थित नाम्सी पुल र ४ स्थित नाग्दिखोलामा पहिरो खसेको कारण गए रातिदेखि सडक अवरुद्द भएको हो ।
मुग्लिन र चेरेश बिचमा रहेकाे घाेप्टे भिरकाे पहिराे
दुवै स्थानमा बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भैरहेको छ । नाग्दिखोलामा राती करिब ११ः१५ बजे पहिरो खसेको थियो । दुवै स्थानमा पहिरो खसेको कारण सडकमा हजारौ सवारी अलपत्र परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
दुवै स्थानमा बिहानैदेखी पहिरो पन्छाउने कार्य जारी रहेका कारण केही समयमा एक तर्फी सवारी संञ्चालनमा आउने प्रहरी कार्यालयले जनाएको छ ।



