दाङ । घोराहीमा आफ्नै पतिको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छिन् । ३० वर्षीय पंकज गुप्ताको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका १४ डेरा गरी बस्ने भारत घर भएकी ३५ वर्षीया गायत्री नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
गायत्रीले सिलौटाको लोरा प्रहार गर्दा पंकजको घटना स्थलमा नै मृत्यु भएको थियो । घटना लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।




















