साँकेतिक तस्विर
काठमाण्डौं । गोकर्णेश्वर नगरपालिकामा रहेको एक बिद्यालयमा अध्ययनरत छात्राहरुलाई दुब्र्यवहार गरेको भन्दै सोही बिद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका ६ बाहुनधारास्थित सर्बनाम शिक्षालयमा अध्यापन गराउने शिक्षक रामजी बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही बिद्यालयमा अध्ययनरत कक्षा १० की १५ वर्षीया किशोरी, कक्षा ७ की १२ वर्षीया र कक्षा ८ की १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा रामेछाप घर भएका ३५ वर्षीय रामजी बस्नेतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बस्नेतले उनीहरूलाई दुर्व्यवहार गरेको उजुरीको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
साथै सोधपुछ तथा थप अनुसन्धानको लागि सोही शिक्षालयका प्रिन्सिपल समेत २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।




















