काठमाण्डौं । राजधानीमा रहेको होण्डा शोरूमहरूमा अबदेखि निःशुल्क शौचालय उपलब्ध हुने भएको छ । व्यवसायी शौरभ ज्योतिले ट्विट गर्दै यस्तो जानकारी दिएका हुन् ।
ज्योतिले टुईटरमा ट्विट गर्दै “परिवर्तन सुरु हुन्छ हामीबाट ! त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अबदेखि सबै होण्डा शोरूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौँ,” उनले लेखेका छन् ।




















