काठमाण्डौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ । विभागले जेठ २० गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाएको हो ।
नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले २ वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरेको हो ।
विभागले सार्वजनिक यातायातको २ देखि २.९ प्रतिशतको दरले भाडा घटेको जनाएको छ । जसमा यात्रु वहाक सवारी साधनको भाडामा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा २.६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने माल बहाक सवारीको भाडामा २.९ प्रतिशत घताइएको छ ।
सरकारले सार्वजनिक सवारीको भाडादर स्वचालित आधारमा व्यवस्था गर्दै आएको छ । इन्धनको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा विभागले सवारीको भाडादर समायोजना गर्दै आएको छ ।




















