काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई पेट्रोल, डिजेल, एलपी ग्यासमुक्त बनाउन लाग्नुपर्ने धारणा ब्यक्त गरेका छन् । शुक्रवार प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले यस्तो धारणा राखेका हुन् ।
संसदमा बोल्दै महामन्त्री थापाले तत्कालका लागि चाहिँ कुनै विकल्प खोजेर पेट्रोलियम पदार्थको मूल्य घटाउनु पर्ने भन्दै प्रदूषण, सडक मर्मत करमा केही राहत दिनुपर्ने बताएका थिए ।
महामन्त्री थापाले आयातित इन्धन विस्थापन गर्ने नीतिसँगै तत्कालका लागि चाहिँ मर्मत, प्रदूषण शुल्क घटाएर भए पनि मूल्य घटाउनुपर्ने बताए । ‘यो उपाय शुरू गर्ने हो, अहिलेको लागि आज १० रूपैयाँ घटाइएको छ, अन्य घटाउने ठाउँ छन् भनेर त्यहाँबाट घटाएर भए पनि राहत दिनका लागि आग्रह गर्न चाहन्छु,’ उनले भने ।




















