जोमसोम । तारा एयरको विमान दुर्घटनामा परेका निधन भएका २२ जनाकै शव फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको हो ।
फेला परेका शवमध्ये १० वटा शवलाई बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब मैसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ ।
दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो ।
सबै शवलाई काठमाण्डौं पठाउने प्रशासनको तयारी छ। शवको पहिचानका लागि फोरेन्सीक ल्याब परिक्षण गनुपर्ने भएका कारण काठमाण्डौं पठाउन लागिएको प्रशासनले जनाएको छ ।


