जोमसोम । आइतबार बिहानदेखि हराएको तारा एयरको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भिरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन ।
स्थानीय इन्द्रसिंङ शेरचनलगायतको टोली भने घटनास्थलमा पुगिसकेको जानकारी प्राप्त हुन आएको छ ।
उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू छिन्नभिन्न अवस्थामा रहेका छन् । ‘कसैको शव पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन । उनले तयहाँको अवस्था भयावह भएको जानकारी दिएका छन् ।
उनी राति नै त्यसतर्फ गएका थिए । यद्यपि सुरक्षा निकायले यसबारे पुष्टि गर्न बाँकी छ । जहाजमा चालक दलका ३ जना र १९ जना यात्रु रहेको तारा एयरले जनाइएको छ ।
तस्बिर नेपाली सेना


