जोमसोम । हिजोदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

नेपाली सेनाले उक्त दुर्घटनाग्रस्त जहाजको तस्विर सार्वजनिक गरेको हो ।

नेपाली सेनाले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेको र दुर्घटनास्थलतर्फ सेनाहरू गएको जनाएको छ ।

जहाज मुस्ताङको थासाङ गाउँपालिका २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
तस्बिर नेपाली सेना


