गोरखा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरमा गोरखाका ४ ब्यक्ति सवार रहेको पुष्टी भएको छ । गोरखा समाचारलाई प्राप्त जानकारी अनुसार शहिद लखन गाउँपालिका ५ को तिनमाने क्षेत्रको भएको पुष्टी भएको छ ।
तारा एयरमा सवार उनीहरु एकै परिवारको भएको बुझन आएको छ । पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त जहाजमा तिनमानेका गणेशनारायण श्रेष्ठ, रोजिना श्रेष्ठ, रश्मी श्रेष्ठ र रविना श्रेष्ठ सवार थिए ।
तारा एयरको नाइन एनएईटी कलसाइन रहेको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका २ को कोवाङमा रहेको मानापाथी हिमालमा ठोकिएको भन्दै नेपाली सेनाको टोली त्यस तर्फ खोजीका लागि प्रस्थान गरिसकेको छ ।


