जोमसोम । सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको कोवाङमा रहेको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ । थासाङ गाउँपालिका २ कोवाङ तर्फ नेपाली सेनाको टोली खोजीका लागि प्रस्थान गरेको छ ।
उच्च हिमाली क्षेत्रमा रहेका स्थानीयले उक्त स्थानमा दुर्घटना भउको जानकारी गराए लगत्तै नेपाली सेनाको टोली त्यस तर्फ प्रस्थान गरेको हो ।
बाक्लो हुस्सु लागेका कारण दुर्घटनास्थलमा हेलिकोप्टर जान सकेको छैन । जहाज खोज्न निस्किएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको कोवाङमा अवतरण भएको छ ।
पोखराबाट जोमसोम उडेको तारा एयरको कलसाईन ९ एन इ टी भएको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो ।
पोखराबाट बिहान ९ः५५ बजे उडेको जहाजमा चालक दलका ३ जना सहित १६ नेपाली र ६ विदेशी नागरिक रहेका छन् ।


