काठमाण्डौं । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट पारित गरेको छ । मन्त्रिपरिषद्बाट पास हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगको स्रोत समितिबाट पारित भएको थियो ।
सोही बजेट अहिले केही बेरमा संसदको दुवै सदनमा अर्थमन्त्री जनार्दन शर्माद्वारा पेस हुने कार्यक्रम तय भएको छ । सम्पूर्ण बजेटको बुँदा पेस गर्न अर्थमन्त्रीलाई कम्तिमा ३ घण्टा जति लाग्न सक्ने अनुमान गरिउको छ ।



