फाइल तस्वीर
जोमसोम । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको आफ्नो तारा एयरको जहाज खोजी भई रहेको छ । खोजीका लागि गएको नेपाली सेनाको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ ।
तारा एयरले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाण्डौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ राखिएको जनाएको छ । मौसममा सुधार आउन साथ हवाईमार्गबाट खोजी कार्य पुनः सुचारु गर्ने तारा एयरले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी कम्पनीले दिएको छ ।





















