काठमाण्डौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा केपी शर्मा ओलीले गरेको टिप्पणी गन्थन मात्र भएको बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले केपी ओली अहिले रन्थनिएको भन्दै यस्तो बेलामा जसरी बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने समेत बताए । महामन्त्री थापालो ‘विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति÷असहमति व्यक्त हुन सक्छ । तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन, भने ।
उनले थपे, ‘कुण्ठामा केवल सहानुभूति हुन्छ । रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ,’ थापाले भने ।
संसदमा बोल्दै कहाँ बोल्ने ? कहिले बोल्ने ? भन्ने विषयमा स्वमं बोल्नेले हेक्का राख्नुपर्ने विषय भएको महामन्त्री थापाले बताए ।




















