मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्डमा आज २ ट्रक एकापसमा ठोक्किँदा १ जना चालक घाइते भएका छन् । घाइते चालक मनोज धिमाललाई उपचारको लागि पुरानो मेडिकल कलेज पठाइएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाको छ ।
शनिवार बिहान ५ः५५ मा ईच्छाकामना गाउ पालिका ५ को ३ नम्बर पुलमा मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ना. ६ ख ७८०४ नम्बरको ट्रक र बिपरित दिशाबाट मुग्लिन तर्फ आइरहेको लु. २ ख ५६५४ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो ।
धिमालको खुट्टामा चोट लागेको छ भने अरुको अवस्था सामान्य रहेको मुग्लिन प्रहरीले जनाएको छ ।
घाइते चालक ना. ६ ख ७८०४ नम्बरको ट्रकका चालक हुन् । अर्का लु. २ ख ५६५४ नम्बरको ट्रक चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।




















