साँकेतिक तस्बिर
उदयपुर । उदयपुरको कटारीमा आफ्नै नातीले हजुरआमा हत्या गरेका छन् । कटारी नगरपालिका ७ रिस्कु बस्ने ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको उदयपुर प्रहरीले जनाएको छ ।
हत्या आरोपमा २६ वर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ । अंश बण्डाको विषयमा विवाद हुँदा रोहितले हजुरआमालाई खुकुरी प्रहार गर्दा मनमायाको घटनास्थलमै मृत्यु थियो ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीहरुको टोलीले रोहितलाई पक्राउ गरेको उदयपुर प्रहरीले जनाएको छ ।




















