साँकेतिक तस्बिर
मोरङ । आफ्नै ३५ वर्षीया श्रीमती गीतादेवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका २ बस्ने ४३ वर्षीय दिनेशकुमार राजभरलाई प्रहरीले पक्राउ गरेको छ ।
सामान्य घरायसी विवादमा राजभरले श्रीमतीलाई काठ र फलामको रड प्रहार गरी हत्या गरेका थिए । हत्या गरी फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीहरुको टोलीले पक्राउ गरेको हो ।
उनीउपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।




















