दैलेख । दैलेखको आठबिस नगरपालिका २ को सिस्नेमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ ।
कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको म. १ ख ६६० नम्मबरको बस बुधबार राति दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको दैलेख प्रहरीले पुष्टी गरेको हो ।
मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका ९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका ३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
बसमा सवार केही व्यक्तिहरू घाइते भएका छन् । घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।


