दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका ६ स्थित धुलिगडाका शिक्षकलाई प्रहरीले छात्रामाथि बलात्कार अभियोगमा पक्राउ गरेको छ । शिक्षक रामसिंह धामीलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको पुष्टी गरेको हो ।
दार्जुला प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १६ वर्षीया छात्रामाथि बलात्कार गरेको उजुरीमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार गत फागुनमा छात्रा माथि बलात्कार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ । पक्राउ परेका शिक्षकसंग घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।
पीडित पक्षको बुधबार जबर्जस्ती करणीमा मुद्दा दर्ता भएकोले घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । पीडित छात्राले धामीविरुद्ध बलात्कार, हाडनाता र साइबर क्राइम अपराधमा जाहेरी दिएकी प्रहरीले जनाएको छ ।
ती शिक्षकले बलात्कार गरेपछि भिडिओ पनि अहिले सार्वजनिक भएको प्रहरीले जनाएको छ ।




















