काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा एमोलेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । मतगणना सकिनुअघि नै उनीहरुको जीत सुनिश्चित भएको हो ।
बालेन्द्र र सुनिता दुवैको आ–आफ्ना निकटतम प्रतिस्पर्धीसँगको मतान्तर निकै फराकिलो भएका कारण जित निश्चित भएको हो । समाचार तयार पार्दासम्म महानगरको १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ ।
१९ हजार ३०० मतगणना हुन बाँकी हुँदै बालेन्द्रले २० हजार भन्दा बढी मतको अग्रता बनाइ सकेको छ । साहले ५५ हजार ७४७ मत प्राप्त गरी सकेका छन् ।
मेयरमा नै गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ र एमालेका केशव स्थापितले ३४ हजार ६२६ मत पाएका छन् ।
यता उपमेयरर्मा एमालेकी सुनिता डंगोलले ६० हजार ६७५ मत ल्याइसकेकी छिन् । समिकरणमा उम्मेदवार भएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९८९ मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म २० हजार ६८६ मत मात्र पाएका छन् ।


