सुनसरी । आफ्नै आमा ४२ बर्षीया शान्त सुवेदीको हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १४ विजयपुरका २५ बर्षीय सौगात सुबेदी रहेको प्रहरीले जनाएको छ ।
हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिईन । घाईते शान्तको बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसक्ने जनाए पछि घर तर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
सौगातलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।



