एजेन्सी । अमेरिकाको एक विद्यालयमा गोली प्रहार हुँदा १ जना शिक्षक र १८ जना विद्यार्थीको मृत्यु भएको छ । गोली लागेर १ जना जेष्ठ नागरिक र १० वर्षीया बालिका सख्त घाइते भएकी छिन् ।
टेक्सस राज्यमा रहेको एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । यो विद्यालदयमा १० वर्षसम्मका बालबालिकाहरू अध्ययन गर्ने गर्छन् ।
राज्यका गभर्नर ग्रेग याबटले आक्रमणमा पिस्तोल र राइफल प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनामा संलग्न भएका व्यक्तिको पनि मृत्यु भएको छ । उनको कसरी मृत्यु भयो भन्ने बारेमा भने अमेरिकी अधिकारीहरुले खुलाएको छैन ।
आक्रमणकारीले पहिले आफ्नो घरमा हजुरआमाको हत्या गरेर नजिकै रहेको स्कुलमा पुगेको विवरणहरू सार्वजनिक भएका छन् ।
यो विद्यालयमा ५०० भन्दा बढी बालबालिकाहरू रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने त्यहाँका अधिकारीले बताएका छन् ।
राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा ३ दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।




















