काठमाण्डौं । नेपाली बजारमा पुन: पेट्रोलियम पदार्थको मुल्य बृद्वि भएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन तथा ग्यासमा सरकारले मुल्य बृद्वि गरेको हाे ।
नेपाल आयल निगमले सूचना जारी गर्दै पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रति सिलिन्डर २०० रूपैयाँ बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै निगमले मूल्य बढाएको हो । यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो ।
तेलको मुल्य बृद्वि सगै सवारीको भाडा बढ्ने र त्यसको प्रत्यक्ष असर सर्व साधारण जनतामा देखिन थालेको छ ।




















