चितवन । भरतपुरमा करेन्ट लागेर शिखर ईन्सुरेन्स कम्पनी कार्यरत एक जना महिला कर्मचारीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १० कटहर चोक बस्ने ३५ वर्षीय सकुन्तला पौडेल सुवेदीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले पुष्टी गरेको हो ।
आइतबार दिउँसो १ः१५ बजे भरतपुर १० बालमन्दिर रोड स्थित मोडको घरको तेश्रो तल्लामा रहेको बीमा कम्पनीको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सट भई आगोलागी हुँदा पौडेलसंगै अर्का कर्मचारी तरुण थापा पनि घाइते भएका थिए ।
उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा सुवेदीको बाटोमै मृत्यु भएको हो । घाइते थापाको नयाँ मेडीकल कलेजमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।



