काठमाण्डौ । साताको पहिलो दिन आज फेरि सुनको भाउ बढेको छ । सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोाबार भएको थियो ।
चाँदीको भाउ भने स्थिर छ । चाँदी अस्ति आज पनि तोलामा १ हजार २७० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।



