कपिलवस्तु । आफ्नै ५ वर्षीय झड्केलो छोराको हत्या गरेको आरोपमा प्रहरीले सिमलखोर बस्नेत एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका ५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहार रहेको प्रहरीले जनाएको छ ।
कोहारले ५ बर्षिय आशिष कुमाललाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए । घाईते आशिषको सामुदायिक अस्पताल ४ नम्बरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय कोपवा र ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीहरुको टोलीले उनलाई पक्राउ गरेको कपिलबस्तु प्रहरीले जनाएको छ ।




















