काठमाण्डौं । बैशाख ३० गते सम्पन्न भएका ७५३ स्थानीय तहको निर्वाचनको मतगणना जारी छ ।
हालसम्म आएको मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रले हालसम्म ५१ पालीकामा प्रमुख पदमा विजय हासिल गरिसकेको छ । मंगलबार विहान ७ः०० बजेसम्म आएको नतिजा अनुसार धादिङको रुवी भ्याली गाउँपालिकाका राम तामाङले वियज प्राप्त गरेसँगै माओवादी केन्द्रले ५१ पालिकामा विजय हासिल गरेको हो ।
देशव्यापी गठबन्धन भएको भएतापनि यी जितेका अधिकांश पालिकामा माओवादी एक्लैले धेरै जित निकालेको हो ।
माओवादी केन्द्रले जित हात पारेको पालिकाहरु र प्रमूखको नामावली
१) दार्चुला मार्मा गाउँपालिका : अध्यक्ष जमनसिंह धामी
२) दार्चुला अपिहिमाल गाउँपालिका : अध्यक्ष भक्तसिंह ठेकरे
३) दार्चुला नौगाड गाउँपालिका : अध्यक्ष दलजीत सिंह धामी
४) दार्चुला लेकम गाउँपालिका : अध्यक्ष रामदत्त जोशी
५) डोल्पा जगदुल्ला गाउँपालिका : अध्यक्ष नारसिङ रोकाय
६) डोल्पा मुड्केचुला गाउँपालिका : अध्यक्ष दत्त बहादुर शाही
७) डोटी बोकटान फुड्सिल गाउँपालिका : अध्यक्ष कमलबहादुर गड्सिला
८) रोल्पा परिवर्तन गाउँपालिका : अध्यक्ष सुकबहादुर बुढामगर
९) रोल्पा लुङ्ग्री गाउँपालिका : अध्यक्ष भरतकुमार थापा
१०) रोल्पा थवाङ गाउँपालिका : अध्यक्ष ऋषिकेशव बुढामगर
११) रोल्पा रोल्पा नगरपालिका : मेयर सुरेन्द्र थापा
१२) रोल्पा सुनिल स्मृति गाउँपालिका : अध्यक्ष मणिराम बुढाथोकी
१३) हुम्ला ताजाकोट गाउँपालिका : अध्यक्ष लालकेश जैसी
१४) हुम्ला नाम्खा गाउँपालिका : अध्यक्ष प्रेमबहादुर लामा
१५) दैलेख नौमुले गाउँपालिका : अध्यक्ष छविराम सुवेदी
१६) दैलेख भगवतीमाई गाउँपालिका : अध्यक्ष गणेश थापा
१७) बागलुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
१८) उदयपुर लिम्चुङबुङ गाउँपालिका : अध्यक्ष मेजरकुमार राई
१९) उदयपुर ताप्ली गाउँपालिकामा : ढुंगराज विश्वकर्मा
२०) उदयपुर रौतामाई गाउँपालिका : अध्यक्ष बिरेन्द्रकुमार मगर
२१) खोटाङ जन्तेढुंगा गाउँपालिका : अध्यक्ष अरूणादेवी राई
२२) गोरखा अजिरकोट गाउँपालिका : अध्यक्ष दीपक देवकोटा
२३) गोरखा शहिद लखन गाउँपालिका : अध्यक्ष रमेश थापा मगर
२४) गोरखा भिमसेन थापा गाउँपालिका : अध्यक्ष लोकप्रसाद बञ्जारा
२५) गोरखा बारपाक सुलिकोट गाउँपालिका : अध्यक्ष विष्णुप्रसाद भट्ट
२६) गुल्मी चन्द्रकोट गाउँपालिकास् युवराज केसी
२७) गुल्मी धुर्कोट गाउँपालिका : अध्यक्ष भूपाल पोखरेल
२८) सोलुखुम्बु थुलुङ दूधकोशी गाँउपालिका : अध्यक्ष असिम राई
२९) भोजपुर आमचोक गाउँपालिका : अध्यक्ष अशोक राई
३०) भोजपुर राम प्रसाद राई नगरपालि :अध्यक्ष थामबहादुर राई
३१) डडेलधुरा आलिताल गाउँपालिका : अध्यक्ष शेरसिंह पार्की
३२) डडेलधुरा अजयमेरू गाउँपालिका : अध्यक्ष उमेशप्रसाद भट्ट
३३) ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका : अध्यक्ष राजन लिम्बू
३४) ताप्लेजुङ मैवाखोला गाउँपालिका : अध्यक्ष विजयप्रकाश बनेम
३५) दाङको बंगलाचुली गाउँपालिका : अध्यक्ष तुलसीराम पुन
३६) ओखलढुंगा चिशंखुगढी गाउँपालिका : अध्यक्ष निशान्त शर्मा
३७) सर्लाही रामनगर गाउँपालिका : अध्यक्ष राजाबाबु यादव
३८) बैतडी मेलौली नगरपालिका : मेयर भीमबहादुर चन्द
३९) कालिकोट पताला गाउँपालिका : अध्यक्ष विष्णु बहादुर रोकाया
४०) कालिकोट शुभ कालिका गाउँपालिका : अध्यक्ष गोविन्दप्रसाद आचार्य
४१) प्युठान प्युठान नगरपालिका : मेयर विष्णुबहादुर योगी
४२) प्युठान मन्डवी गाउँपालिका : अध्यक्ष नमराज अधिकारी
४३) सिन्धुपाल्चोक बलेफी गाउँपालिका : अध्यक्ष गंगाबहादुर तामाङ
४४) सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका : अध्यक्ष बज्रध्वज वाइबा
४५) तनहुँको आबुखैरेनी गाउँपालिका : अध्यक्ष शुक्र चुमान
४६) रूकुम-पश्चिम सानोभेरी गाउँपालिका : अध्यक्ष बिर्खबहादुर बिष्ट
४७) पूर्वी रूकुम सिस्ने गाउँपालिका : अध्यक्ष कृष्ण रेग्मी
४८ ) पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका : अध्यक्ष पुनीराज घर्ती
४९) बझाङ दुर्गाथली गाउँपालिका : अध्यक्ष दिलबहादुर थापा
५०) पाल्पा रिब्दीकोट गाउँपालिका : अध्यक्ष नारायणबहादुर कार्की
५१) धदिङ रुवी भ्याली गाउँपालिका : अध्यक्ष रामसिङ तामाङ


