फाइल तस्बिर
तनहुँ । व्यास नगरपालिका मेयरका उमेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । तनहुँको रिस्तीमा उनीमाथि कुटपिट भएको हो ।
जोशीले रिस्तीमा रहेको एउटा मतदान केन्द्रमा मतपत्र च्याते पछि त्यहाँ रहेका काँग्रेस कार्यकताबाट उनी पिटिएका हुन् । घाईते जोशीको टाउकोमा चोट लागेको छ ।
घाइतेलाई अस्पताल लगिएको उनका बुवा गोविन्दराज जोशीले जानकारी दिए । रिस्ती कांग्रेस नेता रामचन्द्र पौडेलको गाउँ हो ।


